२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

लोकदर्शन सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते २१:१२
लोकदर्शन सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूद्वारा प्रवर्धित लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा सम्पन्न भएको छ । शनिबार राजधानीको धुम्बाराहीमा सम्पन्न साधारण सभाले अध्यक्ष प्रेमबहादुर कटुवालले पेस गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, सचिव देवराज कटुवालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा कोषाध्यक्ष रामप्रसाद भन्तनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनहरूमा छलफल गरी पारित गरेको छ ।

No description available.

साधारण सभामा अध्यक्ष कटुवालले देशको अर्थतन्त्रमा देखापरेका राजनैतिक र विविध किसिमका असरले सबै उद्योग र पेशा व्यवसाय प्रभावित भएजस्तै संस्थामा समेत त्यसको असरले गर्दा आर्थिक सूचांकहरुमा केही वर्षदेखि निरन्तर कमी आए पनि संस्थाको आर्थिक सूचांक सकारात्मक नै रहेको बताए । 

गत वर्ष सहकारी क्षेत्रमा भएका घटनाक्रमले झन् बिथोलिएकोमा संस्थाले आफ्नो उद्देश्य परिपुर्ति गर्न र शेयर सदस्यहरुलाई थप सेवा, सुविधा प्रदान गर्न दत्तचित रहेको र वित्तीय अवस्थालाई नकारात्मक रूपमा जानबाट रोक्न सफल भएको बताए ।

May be an image of lighting, dais and text that says 'सोहौ वार्षिक साधारण सभा 已n城 ၃မယ JO4 D44/ लोकदर्शन बचत तथा बचततथात्रणसहकारी तহण सहकारी संस्था लि. बानेश्वर, काठमाडी मिति: २०८२ आस्चिन गते, शनिवार स्थान लड पाटी जेठर धुमयाराठी LORD PARTY VENUE Dhumbarahi, Ktm.'

सचिव कटुवालले गत आर्थिक वर्षको समीक्षा र चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  वैदेशिक रोजगारको क्षेत्रमा विगतका वर्षहरूदेखि भएको विविध किसिमका संकुचनले समग्र कारोबारमा सोचेअनुरूप कार्य सम्पन्न हुन नसकेको बताए ।

यद्यपि सबैको प्रयासले संस्थालाई सबल बनाउने भन्दै सचिव कटुवालले सरकारले सहकारी क्षेत्रलाई थप कानुनी दायरामा ल्याउन सहकारीसम्बन्धी नयाँ कानुन तथा नीति निर्देशन जारी भएकाले चुनौती र अवसर थपिएको हुँदा जागरुक र सचेत हुन जरुरी रहेको उल्लेख गरे । 

कोषाध्यक्ष भान्तनाले विश्वव्यापी ध्रुवीकरण र त्यसले नेपालमा पार्ने प्रभावबाट आर्थिक क्षेत्र थप जटिल हुने सम्भावना बढदै गएकाले आगामी वर्ष पनि सहकारी क्षेत्रमा चुनौती थपिँदै जाने आँकलन गरे । उनले बिनाधितो कर्जालाई न्यून गर्दै लैजाने, भाखा नाघेका कर्जालाई घटाइ कम प्रतिशतमा राख्ने, नयाँ कर्जा भाखा नाघ्न नदिने, जोखिम देखिन सक्ने कर्जाहरुलाई सामूहिक रूपमा असुली गर्ने नीतिलाई प्राथमिकता दिने बताए ।

कार्यक्रममा संस्थाका शेयरधनी तथा मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्दै साधारण सभा सफलताका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे । सभामा कर्जा लगानी समितिका संयोजक मदनकुमार महत, लेखा सुपरीवेक्षण समितिका संयोजक शालिकराम गौतम र रजिष्टर्ड लेखापरीक्षक रणबहादुर विष्टले पनि सहकारीबारे आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाले आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गर्दै सकेसम्म शेयर सदस्यलाई सर्वसुलभ सेवा दिन, संस्थाको वार्षिक साधारण सभाले दिएको निर्देशन तथा संस्थाको विनियम, सहकारी ऐन, कानुन र मापदण्डको परिधिमा रही आवश्यकता अनुरूप सञ्चालक समितिको बैठक गरी संस्थागत विकास र सुदृढीकरणका लागि हामी प्रतिबद्ध रहेको जनाएको छ । कार्यक्रम सञ्चालन सचिव वरिष्ठ अधिवक्ता कटुवालले गरेका थिए ।

May be an image of dais

ADV

सम्बन्धित खबर

Advertise