२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंकको स्वीकृत

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते २०:१९
हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंकको स्वीकृत

काठमाडौं : पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बिक्री गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता सेयर १ सय १८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेसनल लाइफबीच सम्झौता भएको थियो । 

दुवै पक्षबीच भएको सम्झौताअनुसार आइतबार सेयर खरिदबिक्रीका लागि राष्ट्र बैंकले स्वीकृति दिएको हो । अब नेसनल लाइफ इन्स्योरेन्सले हबिब बैंकको स्वामित्वमा रहेको हिमालयन सेयर आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढेको हो ।

नेसनलले हबिब बैंकले प्रतिकित्ता १ सय १२ रुपैयाँका दरले सो सेयर बिक्रीमा राखे पनि बोलकबोलमा नेसनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १ सय १ रुपैयाँ ८८ पैसामा खरिद गरेको हो । हिमालयन बैंकमा नेसनल लाइफको १ दशमलव २५ प्रतिशत सेयर स्वामित्व छ । यो सेयर खरिदपछि नेसनल लाइफको स्वामित्व १४ प्रतिशत पुग्नेछ । 

हबिब बैंकले हिमालयन बैंकबाट सेयर बेचेर सात वर्षदेखि नै बाहिरिन चाहे पनि प्रक्रिया नमिन्दा बिक्री रोकिएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को प्रावधानअनुसार कुनै पनि बैंक वा वित्तीय संस्था सञ्चालनको पाँच वर्षसम्म संस्थापक सेयर बिक्री नगर्न नपाइने व्यवस्थाका कारण रोकिएको थियो । त्यस्तै, २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका कम्पनी वा संगठित संस्थाले आफ्नो सेयर बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान ऐनमा भएकाले पनि हबिबले सेयर बिक्री गर्न सकेको थिएन ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको सेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बेच्ने साउनको अन्तिम साता दुवै संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको थियो । हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा संस्थापक सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । सूचनामा बैंकको सेयर मूल्य न्यूनतम मूल्य प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसा तोकिए पनि नेसनल लाइफले प्रतिकित्ता ६ रुपैयाँ ८ पैसा बढीमा खरिद गर्ने प्रस्ताव गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise