२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

एसबिआई मर्चेन्ट बैंकिङको लाभांश पारित

shivam cement
मध्यान्ह
२०८२ असोज २७ गते २०:५७
एसबिआई मर्चेन्ट बैंकिङको लाभांश पारित

काठमाडौं : नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको १०औंैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, असार मसान्त २०८२ सम्मको वासलात, नाफा–नोक्सान विवरण र सम्बन्धित अनुसूची पारित गरेको छ । साथै, सभाले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोडबराबर रुपैयाँको नगद लाभांश (लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

त्यसैगरी, सभाले आव २०८२/८३ को लेखापरीक्षणका लागि मेसर्स एपी एन्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise