२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

गाजामा युद्धविराम: करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

shivam cement
२०८२ असोज २८ गते १०:५०
Shares
गाजामा युद्धविराम: करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

काठमाडौँ : इजरायली कारागार सेवाले सोमबार गाजामा युद्ध विराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ।

एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतंककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।”

“जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहाइ गरिएका सबै प्यालेष्टिनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैंक, पूर्वी जेरुसेलम र क्ट्जिओट जेलबाट केरेम शालोममा रिहा गरिएको छ।” गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई संकेत गर्दै विज्ञप्तिमा भनिएको छ ।

इजरायल–गाजा युद्ध विराम सम्झौता अनुसार यसअघि सोमबार नै प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास) लगायतका अन्य समूहद्वारा सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धक लाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो ।

सम्झौता अनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र बेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरीर इजरायलतर्फ पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर