२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

साना किसान कृषि सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

Nada
मनु यादव निरज
२०८२ कार्तिक १७ गते २२:०६
Shares
साना किसान कृषि सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

सप्तरी : सप्तरीको खडक नगरपालिका–१ – सिस्वा बेल्हीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ncell

साधारण सभामा सदस्यहरूबीच निक्षेप संकलन, ऋण लगानी, असुली, व्यवसायिक ज्ञान, रेमिटान्स सेवा र पशु बीसहितका विभिन्न कार्यक्रमको समीक्षा र छलफल भएको थियो । सभा खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा सहकारी अध्यक्ष विष्णुदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । 

कार्यक्रममा २१ जना बालबालिकाका लागि मासिक  ३ सय रुपैयाँका दरले १२ महिनाको एकमुष्ठ ३ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । 

सभामा वडा नं. १ का अध्यक्ष राजकुमार साह, वडा २ का अध्यक्ष हरेराम मण्डल, वडा ८ का अध्यक्ष बिन्दुलाल चौधरी, रामनगर साना किसान सहकारीका अध्यक्ष रामचन्द्र यादव, छिन्नमस्ता साना किसान सहकारीका अध्यक्ष श्याम नारायण यादव, प्रहरी चौकी सिस्वा बेल्हिका इन्चार्ज फुलगेन मण्डल लगायत  जिल्लाका विभिन्न सहकारीका प्रमुख, अध्यक्ष, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर