२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

जेनजी र एमाले कार्यकर्ताबीचको तनाबले बाराको सिमरामा कर्फ्यू उल्लंघन

shivam cement
२०८२ मंसिर ३ गते १५:१३
Shares
जेनजी र एमाले कार्यकर्ताबीचको तनाबले बाराको सिमरामा कर्फ्यू उल्लंघन

काठमाडौं : बाराको सिमरामा जारी कर्फ्यूबीच जेनजी युवाहरू ठूलो संख्यामा सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । नेकपा (एमाले)का नेता–कार्यकर्ता र युवाबीचको बढ्दो तनावका कारण सम्भावित जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १२ः३० देखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । 

प्रतिबन्धित क्षेत्रमै भेला भएका युवाहरूले नाराबाजी गरिरहँदा सुरक्षाकर्मीहरूले घर फर्कन आग्रह गर्दै माइकिङ गरिरहेका छन् । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल क्षेत्र ५०० मिटरभित्र कुनै पनि जमघट निषेध गरिएको छ । 

यसअघि बिहान सिमरा चोकमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको प्रदेशस्तरीय युवा भेलाविरुद्ध शान्तिपूर्ण विरोधको आह्वान गरेका थिए ।

हातपातको घटनापछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै विमानस्थल क्षेत्रसम्म पुगेका थिए । त्यहाँ उनीहरूले ढुंगामुढा र बोतल प्रहार गर्दै नाराबाजी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दा दुई पक्षबीच झडप भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर