शशिधर भण्डारी/मध्यान्ह
प्युठान : यहाँका किसानहरु हलेदोको ग्राहक कुर्दै बस्न बाध्य भएका छन् । प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली गातिनाका आधादर्जन किसानका हलेदोले बजार नपाउँदा चिन्तित भएका छन् ।
स्थानीय गोविन्द प्रसाद सुवेदीको घरमा करिव २ सय ५० केजी हलेदो बिक्रीमा छ । १ सय ५० केजी एक वर्ष पुरानो हलेदो भने खनेका छैनन् । गत वर्ष अधेरीखोलाबाट बाटो गातिना पुगेको थियो । मोटरबाटो पुगेपछि जग्गाहरु भिरालो भएको हुँदा त्यहाँ हलेदो खेति गरिएको सुवेदीले मध्यान्हलाई जानकारी दिए ।
‘जंगली बदेलले सताउन थालेपछि आजित हामीहरु अन्नवालीको विकल्पको खोजिमा थियौं’ सुवेदीले भने, ‘हलेदो धेरै मात्रामा लगाएको भएपनि बजार नपाएपछि समस्या भएको छ ।’ सुवेदीले बुधवार सामाजिक सञ्जालमा खरिद गरी किसानको हार गुहार गरेका थिए । उनले गाउँमा थन्किएको हलेदो विक्री गर्न नसक्ने किसानको उद्दार गर्न आग्रह गरेको बताए ।
अर्का किसान पदम प्रसाद भण्डारीको घरमा पनि २ सय ५० केजी भन्दा बढी हलेदो घरमा थन्किएको छ । उनीहरु सहित आधा दर्जन किसानको घरमा ४० देखि ५० केजीको दरले हलेदो गाउँमा थन्किएको उनीहरुको गुनासो छ । यसतर्फ सरकारी निकायलगायत सरोकारवालाहरुको ध्यान जानु पर्ने देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies