२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

हिसान तारकेश्वर फुटसल प्रतियोगिता मंसिर ५ देखि

shivam cement
२०८२ मंसिर ४ गते १३:३७
Shares
हिसान तारकेश्वर फुटसल प्रतियोगिता मंसिर ५ देखि

काठमाडौं : तारकेश्वरमा कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यले हिसान तारकेश्वर ब्वइज एन्ड गर्ल्स फुटसल प्रतियोगिता-२०८२ आगामी मंसिर ५ र ६ गते सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल मैदानमा हुने भएको छ । प्रतियोगिता सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा र हिसान तारकेश्वर शाखाको आयोजनामा हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिता मंसिर ५ गते बिहान ९ बजे उद्घाटन हुनेछ भने समापन र पुरस्कार वितरण कार्यक्रम मंसिर ६ गते दिउँसो २ बजे हुनेछ । उद्घाटन कार्यक्रम केन्द्रीय हिसानका सहकोषाध्यक्षद्वारा र समापन तथा पुरस्कार वितरण कार्यक्रम जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख समन्तमणि आचार्यद्वारा सम्पन्न गरिनेछ ।

प्रतियोगिताको सभापतित्व हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले गर्नेछन् । कार्यक्रमको सम्पूर्ण रूपरेखा हिसान तारकेश्वरका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रायमाझी तथा संयोजक संस्था सेक्रेड हार्ट माध्यमिक विद्यालयका प्रिन्सिपल बद्रीनाथ भट्टले तयार गरेका छन् ।

तारकेश्वर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने हिसान–आबद्ध विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा हुनेगरी छात्रतर्फ ८ र छात्रातर्फ ७ टिम सहभागिता रहनेछ । खेलहरू एन्फाका रेफ्री ज्ञानेन्द्र आले नेतृत्वको रेफ्री टोलीद्वारा सञ्चालन गरिनेछ ।

आयोजकले जारी गरेको विज्ञप्तिमा हिसानले सबै खेलकुद प्रतियोगिताहरू अन्तर्राष्ट्रिय अभ्यास र नियमअनुसार सञ्चालन गर्दै आएको उल्लेख छ । प्रतियोगितामा सहभागी विद्यालयहरूलाई खेलसम्बन्धी आवश्यक सबै जानकारी उपलब्ध गराइएको जानकारी पनि विज्ञप्तिमा समावेश छ ।

‘सर्वाङ्गीण विकासकाे एउटा पक्ष : खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै प्रतियोगिताले विद्यार्थीलाई अनुशासित, सहयोगी र सर्वगुण सम्पन्न बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

विजयी टोलीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै बेष्ट स्कोरर, बेष्ट प्लेयर र बेष्ट किपर पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर