ऐजेन्सी : कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीच उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।
भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ३३ जना सैनिक मारिएकाे कंगोको सेनाको स्रोतले जनाएकाे छ ।
यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा भिडन्त भएको थियो । उक्त भिडन्तका क्रममा विद्रोही समूहका पनि केही हताहत भएको अनुमान गरिएको छ ।
सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies