
काठमाडौंः बाराको सिमरामा जारी युवाहरूको आन्दोलन शुक्रबार १० बजेसम्मका लागि स्थगित भएको छ ।
नेपाल एमाले निकट युवा संघका कार्यकर्तालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरूले बिहीवार पनि आन्दोलन जारी राखेका थिए । बिहीबार अपराह्नदेखि शुक्रबार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन् ।
युवा संघका ८ जना नेता कार्यकर्ताहरलाई पक्राउ गररी कारबाही गर्न माग गर्दै महेन्द्र राजर्माग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका छन् । राजमार्गमा गरेको अवरोध हटेपछि सार्वजनिक तथा निजी सवारी साधानको आवागमन सहज भएको छ ।
बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा जाने तय भएसँगै जेनजी युवाहरूले आन्दोलन सुरु गरेका थिए ।