राजेन्द्र महतो/मध्यान्ह
सिरहा : सस्शत्र प्रहरीले सिरहाको सीमा नाका नवराजपुर गाउँपालिकाबाट भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा लाखौं रुपैयाँ बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका ३ जगतपुरका श्रीराम यादव रहेका छन् । यादवलाई भन्सार छलेर ल्याएको करिब ४ लाख रुपैयाँ बराबरको कपडासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) नवराजपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेले मध्यान्हलाई बताए ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies