राजेन्द्र महतो/मध्यान्ह
सिरहा : जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा शनिबार जन्जिर जुलुस प्रदर्शन गरेको छ । किसानको मुद्दालाई उठाउँदै आएको सो पार्टीले सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाहरुमा जन्जिर जुलुस प्रदर्शन गरेको हो ।
जनमत पार्टीका कार्यकर्ता र किसानहरुले हातमा जन्जिर बाँधेर ‘किसानको माग पूरा गर’, ‘किसान विरोधी सरकार मुर्दावाद’, ‘पक्राउ परेका किसानलाई रिहा गर’ जस्ता नारा लगाएका थिए ।
जनमत पार्टी विगत एक महिनादेखि आन्दोलनरत छ । बीउविजन, सिंचाई, निःशुल्क विद्युत लगायतका किसानका मुद्दालाई उठाउँदै आएको जनमत पार्टीले किसान विधेयक जारी गर्न माग गरिरहेको छ । किसान विधेयक जारी गरी किसानका समस्याहरुलाई समाधान गर्नुपर्ने माग राख्दै जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा व्यापक प्रदर्शन जारी राखेको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनमत पार्टीको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies