२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

shivam cement
२०८२ मंसिर ६ गते ०८:५५
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनः बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भइ खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । 

घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर