२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

सिमरा घटनाः वार्ताका लागि पुगे जेनजी अगुवा सुदन गुरुङ

shivam cement
२०८२ मंसिर ६ गते १२:२९
Shares
सिमरा घटनाः वार्ताका लागि पुगे जेनजी अगुवा सुदन गुरुङ

काठमाडौंः बाराको सिमरास्थित केही दिन यता भएको विवाद र झडपबीच जेनजी अगुवा सुदन गुरुङ बारा पुगेका छन् । 

सुदन गुरुङ स्थानीय प्रशासनसँगको वार्ताका लागि बारा पुगेका हुन् । गत बुधवार बाराको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच झडप भएको थियो । 

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जिल्लामा पार्टीले आयोजना गरेको कार्यक्रममा जाने भएसँगै जेनजीहरुले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा झडप भएको थियो । जेनजीहरुले एमालेका कार्यकर्तामाथि कारबाही गर्नुपर्ने माग अघि सारेका छन् । गुरुङ आएपछि मात्रै वार्ता गर्ने जेनजीको मागका कारण गुरुङ बारा पुगेका हुन् ।

ADV

सम्बन्धित खबर