२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

काठमाडौंमा एमालेको जनप्रर्दशन, ओलीसहितका नेताहरुले सम्बोधन गर्ने

shivam cement
२०८२ मंसिर ६ गते १३:३३
Shares
काठमाडौंमा एमालेको जनप्रर्दशन, ओलीसहितका नेताहरुले सम्बोधन गर्ने

काठमाडौंः विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले)ले काठमाडौंमा वृहत जनसभा आयोजना गरेको छ । 

शनिवार काठमाडौंको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने नेता पार्वत गुरुङले जानकारी दिए । 

सभामा अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले असंवैधानिक रुपमा गठन भएको वर्तमान सरकारको मनसाय नै निर्वाचन गराउने नरहेको जिकिर गर्दै त्यसका विरुद्ध वडा तहदेखि नै जनपरिचालनको कामलाई अघि बढाएको छ । उसले यही मंसिर २७, २८ र २९ गते आयोजना गरिएको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको कामलाई पनि एकसाथ अघि बढाएको छ । 

ADV

सम्बन्धित खबर