
काठमाडौँ : नेकपा (एमाले)ले शनिबार राजधानीमा जनप्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधि सभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै जनप्रदर्शन गरिएको हो ।
राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र सभागृह मोडबाट डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै र्याली चलिरहेकाले टुँडिखेल वरपर भएर चल्ने सवारी साधनको आवागमनमा पनि केही प्रभाव पर्न सक्ने देखिएको छ ।
सो क्षेत्रमा सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।