२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्षमा घिमिरे

shivam cement
२०८२ मंसिर ६ गते २१:०९
Shares
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्षमा घिमिरे

काठमाडौं : राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, काठमाडौं उपत्यका समिति गठन भएको छ । शनिबार अनिता कुमारी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

नवनिर्वाचित पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष प्रेमराज लामिछाने, उपाध्यक्ष मिलन खत्री, सचिव सञ्जय पोखरेल, सहसचिव अनिता पुराकोटी, कोषाध्यक्ष राहुल थापा र सहकोषाध्यक्ष सुरेश पन्त छन् ।

त्यसैगरी इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल, लक्ष्मण शर्मा, विकास थापा र सन्तोष तामाङ सदस्यमा चयन भएका छन् ।

प्रचारप्रसार विभागमा प्रकाश विश्वकर्मा सचिव तथा निरोज गौतम सदस्य बनेका छन् ।

समितिको घोषणा कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमको सभापतित्वमा तथा संस्थापक अध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सञ्चारकर्मी नेपालका केन्द्रीय सचिव कमल सरगमका अनुसार लोकगीत–संगीत क्षेत्रको व्यावसायिकता प्रवर्धन, बढ्दै गएको विकृतिबाट क्षेत्रलाई जोगाउने तथा लोकसंगीतसम्बन्धी सञ्चारकर्मीहरूलाई एकजुट गर्ने उद्देश्यले उपत्यका समिति गठन गरिएको हो ।

ADV

सम्बन्धित खबर