
काठमाडौं : नेकपा (एमाले) नेता महेश बस्नेत चढेको कारामा रातो रङ छ्याप्ने दुुई युवा छुटेका छन् ।
आज (आइतबार, मंसिर ७) बिहान विराटनगर विमानस्थल नजिकै दुई जना युवाले नेता बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए ।
रङ छ्याप्ने संजोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरू दुवै जना केहीबेर अघि छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।