
काठमाडौं : सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते मंगलबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यस अगाडि नै सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।