२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

मन्त्रिपरिषद् निर्णय : ईश्वर कार्की एआईजीमा बढुवा

shivam cement
२०८२ मंसिर ८ गते १७:३९
Shares
मन्त्रिपरिषद् निर्णय : ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको निर्णयअनुसार एआईजीमा बढुवा गरेको छ । 

कोशी प्रदेशका प्रहरी प्रमुख रहेका कार्की पहिलो नम्बरमा सिफारिस भएका थिए । प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएपछि एआईजी पद रिक्त बनेको थियो । 

हाल नेपाल प्रहरीमा ८ मध्ये ७ एआईजी कार्यरत छन् । प्रधान कार्यालयमा मानवस्रोत, प्रशासन, अपराध अनुसन्धान, कार्य विभाग र प्रदेश समन्वय गरी ५ एआईजी तथा बाहिर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा एआईजी छन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेको एआईजी दरबन्दी भने अझै खाली छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर