२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

महेश बस्नेत जहाँ पुग्यो त्यहीँ जेनजीको विरोध 

shivam cement
२०८२ मंसिर ९ गते १५:१०
Shares
महेश बस्नेत जहाँ पुग्यो त्यहीँ जेनजीको विरोध 

काठमाडौं : सुर्खेतमा आयोजित नेकपा (एमाले) युवा जागरण कार्यक्रममा सहभागी पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जेनजी समूहका केही युवाले पाँच सय मिटर पर प्लेकार्डसहित विरोध जनाएका छन् । 

बस्नेत सुर्खेत पुुग्ने बित्तिकै घण्टाघर क्षेत्रको आवागमन ठप्प पारिएको थियो भने सुरक्षा कडा पारिएको छ । बाराको सिमरामा जेनजी समूहसँगको झडपका कारण कर्फ्युसम्म लगाउनुपर्ने अवस्था आइसकेको थियो ।

कार्यक्रममा बस्नेतले सिमरामाको घटनापछि सरकारले कर्फ्यु लगाएको निर्णय नैतिक रूपमा गलत भएको बताए । सरकार स्वयंले जेनजी समूहलाई उक्साएर अराजकता फैलाएको आरोप लगाए । 

५०–६० जनाको भिडसमेत नियन्त्रण गर्न नसक्नु सरकारको असक्षमता भएको टिप्पणी गर्दै उनले सभा रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउने दाबी गर्नु हास्यास्पद भएको बताए ।

सरकारलाई ‘कठपुतली’ को संज्ञा दिंदै उनले लोकतन्त्र र सुशासनका लागि संघर्ष जारी रहने बताए ।

ADV

सम्बन्धित खबर