२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ

shivam cement
२०८२ मंसिर ९ गते २०:४६
Shares
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लागेका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकी छन् । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उनले अर्याललाई बिदाइ गरेकी हुन् । 

प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्यालले सेवा अवधिभरि देखाएको कर्तव्यनिष्ठा र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ । 

मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र देशका लागि योगदान दिन पाएकामा खुसी व्यक्त गरे । विसं. २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका अर्याल विसं. २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए । 

अर्याल अनिवार्य अवकाशमा जाने भएपछि यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

ADV

सम्बन्धित खबर