२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

shivam cement
२०८२ मंसिर ९ गते २१:१३
Shares
महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

महेन्द्रनगर : महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन् । 

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,’ प्रवक्ता बोहराले भने, ‘बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ ।’ 

ADV

सम्बन्धित खबर