
काठमाडौँ : सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका-५ बटसौरामा २ सय १३ केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साले भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियानमा परालको कुन्युभित्र लुकाइछिपाई राखेको २ सय १३ किलो ग्राम गाँजा बरामद भएको हो ।