२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

नवलपरासीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

Nada
२०८२ मंसिर १० गते ०८:५८
Shares
नवलपरासीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौँ : नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले मंगलबार राति कुटपिट गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झैँ-झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो ।

अस्पतालका डाक्टरले रामबहादुरलाई गए राति १२ बजे मृत घोषणा गरेको हो । कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर