२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

Nada
२०८२ मंसिर १० गते ०९:१०
Shares
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बझाङ घर भई कैलालीको घोडाघोडी नगरपालिका-१ लक्ष्मिपुरस्थित माइतीघरमा आएकी ४२ वर्षीया कमला विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । 

कैलाली प्रहरीका अनुसार माइतीघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर