२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ

shivam cement
२०८२ मंसिर १० गते १६:२५
Shares
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् ।

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पूर्व स्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई सोही कार्यालयले पक्राउ गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर