२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

सार्वजनिक बिदामा सरकारी गाडीको दुरुपयोग

shivam cement
मनु यादव निरज
२०८२ मंसिर १० गते २१:३३
Shares
सार्वजनिक बिदामा सरकारी गाडीको दुरुपयोग

सिरहा : सिरहामा सरकारी सवारी साधनको दुरुपयोग हुने क्रम बढ्दै गएको पाइएको छ । नियमन गर्ने निकाय मौन हुँदा यसको दुरुपयोग हुने क्रम बढेको हो ।

यही क्रममा हालै सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको घटना बाहिरिएको छ । नेकपा एमालेका प्रतिनिधि तथा भगवानपुर गाउँपालिका वडा नं. १ का वडा सदस्य र न्याय समिति सदस्य इन्द्रप्रसाद यादवले गाउँपालिकाको नाममा दर्ता भएको स.१ ब.१०१४ नम्बरको सरकारी मोटरसाइकल व्यक्तिगत कामका लागि प्रयोग गरेको पाइएको हो । 

यादवले २०८२ मंसिर ९ गते, मंगलबारका दिन सखुवानन्कारकट्टी गाउँपालिका–५, ईटहरवामा आयोजित रामजानकी विवाह पञ्चमी महोत्सव हेर्न उक्त मोटरसाइकलमा तीनजना बसेर घुमघाम गरेको स्थानीयले बताएका छन् । यस क्रममा मोटरसाइकलमा खर्च हुने सम्पूर्ण इन्धन तथा मर्मत खर्च भने गाउँपालिकाबाटै व्यहोरेको स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार न्याय समिति सदस्य इन्द्रप्रसाद यादवले सरकारी मोटरसाइकल प्रायः व्यक्तिगत कामका लागि प्रयोग गर्दै आएका छन्, जसले सरकारी साधन दुरुपयोगबारे जनस्तरमा गुनासो बढिरहेको छ ।

यस विषयमा भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

ADV

सम्बन्धित खबर