
काठमाडौं : प्रेस काउन्सिल नेपालले विभिन्न ४८ सामाजिक सञ्जालहरूलाई कारबाही गरेको छ । आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिलले उनीहरूलाई कारबाही गरेको हो ।
मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिनेगरी सामाजिक सञ्जालबाट गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त, अफवाहपूर्ण, हिंसा, उत्तेजना, सन्त्रासलाई बढावा दिने त्यस्ता सञ्जालहरूलाई कारबाही गरिएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।
काउन्सिलका अनुसार मिडियाअन्तर्गत आबद्ध भएका २५ सञ्जाललाई प्रतिकुल सामग्री सम्पादन तथा स्थगन गराउन निर्देशन दिनुको साथै त्यस्ता कार्य नगर्न सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै मिडियामा आबद्ध नभएका १३ वटा सञ्जाललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।
कारबाहीमा पर्नेहरुमा अबाउट नेपाल यूट्युव च्यानल,८८४८ न्यूज नेपाल फेसबुक पेज, गुड न्यूज नेपाल, नेपालतन्त्र फेसबुक पेज लगायत रहेका छन् ।