२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

shivam cement
२०८२ मंसिर ११ गते ०९:४९
Shares
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति तय गर्ने राप्रपाले जनाएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव हुने अवस्था आएका चुनावी तयारी कसरी गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ । 

सम्बन्धित खबर