२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

shivam cement
२०८२ मंसिर ११ गते १६:१३
Shares
पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तोकेपछि रिहा भएका छन् । न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

महरालाई सीआईबीले असोज २६ मा नियन्त्रणमा लिएको थियो । २०७९ पुस १० मा फ्लाई दुबईको विमानबाट आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको दुई सुटकेशमा ७३० भेपमार्फत ८ करोड ५५ लाख बराबरको सुन तस्करी भएको थियो । भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा सुन बेचेको अनुसन्धानले देखाएको थियो ।

उक्त सुन छुटाउन महराले दबाब दिएको आरोप छ । उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर जेल चलान भएका थिए । भेप साटिएको शंका लागेपछि भन्सारले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । दुई महिनाको छानबिनपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर