२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

shivam cement
२०८२ मंसिर ११ गते १६:२८
Shares
सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आज (बिहीबार, मंसिर ११) जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन प्रस्ताव स्वीकृत गरेका हुन् । 

विज्ञप्तिमा उल्लेख भएअनुसार निर्वाचनको शान्तिपूर्ण र निष्पक्ष वातावरण कायम गर्न सेनाले आवश्यक सुरक्षा व्यवस्था गर्नेछ । आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायद्वारा तयारी तीव्र रूपमा भइरहेको अवस्थामा सेनाको औपचारिक परिचालन स्वीकृतिले समग्र सुरक्षा संयोजनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

सेनाको परिचालन कार्यान्वयन सम्बन्धी प्रक्रियाहरू नेपाली सेनाले कानुनअनुसार अघि बढाउने छ । 
 

ADV

सम्बन्धित खबर