२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सबै सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध

shivam cement
२०८२ मंसिर ११ गते २१:३७
Shares
सबै सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । आठौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो ।

औपचारिक संघ, संगठनहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्था अनुरुप सरकारी सञ्चारमाध्यमहरुलाई औपचारिक रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित कोषको आठौं स्थापना दिवसको अवसरमा सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सम्बन्धित निकायका पदाधिकारीले हस्ताक्षर गरेका छन् । यसरी सम्झौतापत्रमा हस्ताक्षरसहित आदनप्रदान गर्नेमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सार्वजनिक प्रसारण सेवा नेपाल (पीएसबी), प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमि निर्धारण समिति र न्यूनतम पारिश्रमिक निर्धारण समिति सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कानुन भएता पनि हालसम्म विविध कारणले सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका सरकारी सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताए । 

बिहीबार सञ्चार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खरेलले सरकारी सञ्चार माध्यमको सामाजि सुरक्षामा आबद्धतासँगै सञ्चार संस्थानहरुको पनि आबद्धताको सुरुवात भएको उल्लेख गरे । 

उनले सम्पूर्ण मन्त्रालय मातहतका निकायहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्दै लैजाने पनि बताए । 

सञ्चारमन्त्री खरेलले भने, ‘मन्त्रालय अन्तर्गतका सबै सरकारी सञ्चारमाध्यमहरु सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । यि निकायबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षणर भएको छ, योसँगै सरकारी सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा कर्मचारीहरु अब सामाजिक सुरक्षाको दायरामा आउने कार्यको प्रारम्भम भएको छ । यो सुरुवात हो, यसपछाडि थप कामहरु अगाडि बढ्दै जानेछ । मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा मा पनि यो लागू गर्दै जानेछौँ ।’

सञ्चारमन्त्री खरेलले नेपालमा दर्ता भइ सञ्चालनमा रहेका सम्पूर्ण निजी तथा सामुदायिक सञ्चार माध्यमहरुलाई पनि क्रमशः सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लगिने स्पष्ट पारे । 

उनले सम्बद्ध सबैलाई सामाजिक सुरक्षाको दायरामा आबद्ध हुन आव्हान समेत गरे । 

‘सम्झौतामा हस्ताक्षर गर्ने सम्बन्धित निकायले कार्ययोजना बनाएका छन् । तद् निकायहरुले ककस्लाई कसरी समेट्न सकिन्छ भन्ने हिसावले नदोहोरिकन, कानुनी प्रावधान बमोजिम निर्णय गर्नेछन्’ उनले भने । 

सरकारी सञ्चार माध्यमले भने सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समझदारीपत्रमा हस्ताक्षर गरि आवश्यक कार्यायोजनाबनाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् । 

कोषका अनुसार बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका छन् । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । उल्लेखित योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा र सहुलियत प्राप्त गर्दै आइरहेको कोषले जनाएको छ ।

कोषमा हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ योगदानमा आधारित रकम संकलन भइसकेको छ । कोषबाट दुई लाख ५३ हजार १ सय ४३ श्रमिकले विभिन्न सुविधाबापत १७ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी लिएका छन् । 

कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाको अतिरिक्त बचतको व्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर