२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

पशुबीमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

shivam cement
२०८२ मंसिर १२ गते ११:०४
Shares
पशुबीमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

काभ्रेपलाञ्चोक : पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बीमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ । 

बीमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बीमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा रु एक हजार ४००देखि रु एक हजार ५०० सम्म खर्च हुने गरेको छ । 

पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, छ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन् । नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।

पालिकाकी शाखा प्रमुख दिपिका २०० पशुको दाबी भुक्तानी भइसकेको छ । 

नगरले यसअघि ‘भैँसी संरक्षण–संवर्द्धन अभियान’अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो । नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो ।  

ADV

ताजा खबर

सम्बन्धित खबर