२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

सूचना प्रविधिको उपयोग गर्दै नेपाः भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह

shivam cement
२०८२ मंसिर १२ गते १३:२८
Shares
सूचना प्रविधिको उपयोग गर्दै नेपाः भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह

पाटन : ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

नेपाः भाषा मंका खलःको १४औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधिले फड्को मारिरहेको युगमा नेपाः भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकता राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गरेका हुन् ।

“मंका खलःले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ । ललितपुर महानगरले नेपाः भाषा संरक्षण र सम्वर्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न तयार छ”, महानगरप्रमुख महर्जनले भन्नुभयो,“बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं । सूचना प्रविधिको प्रयोग गरी नेपाः भाषालाई प्रवर्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ ।”

मंका खलःको प्रमुख उद्देश्य र दायित्व नै भाषा, संस्कृति तथा  सम्पदालाई प्राथमिकतामा राखेर काम गर्नु हो भन्दै उनले यसका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपाः भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएको उल्लेख गर्दै आफ्नोे परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले  लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने बताउँदै यसका लागि महानगरलगायत सबै सरोकार भएकाहरूको सहयोग आवश्यक रहेको बताए । 

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उनले नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताइन् । देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु पनि आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर