
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो । उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो ।
मधुमेह र पिसाब संक्रमणबाट पीडित उनलाई आइतबार बिहान बेहोसी अवस्थामै अस्पताल पुर्याइएको थियो । त्यसपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।