२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नुवाकोटका तामाङको मलेसियामा मृत्यु, सहयोगका लागि अपिल 

shivam cement
२०८२ मंसिर १६ गते ०७:४३
Shares
नुवाकोटका तामाङको मलेसियामा मृत्यु, सहयोगका लागि अपिल 

नुवाकोट : नुवाकोटका ३१ वर्षीय इन्द्रमान तामाङको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको छ । नोभेम्बर १६ मा मलेसियाको जोहोरबारुमा  हृदयघातबाट उनको मृत्यु भएको हो ।

नोभेम्बर २२ मा उनको शव नेपाल ल्याई अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । गत वर्षमात्र  बुबाको काजकिरिया सकेर मलेसिया फर्किएका इन्द्रमान अकालमै काठको बाकसमा घर फर्कनुपरेपछि परिवार र गाउँ शोकमा डुबेको छ । स्थानीय बागेश्वरी प्रगतिशील युवा क्लबका आजीवन सदस्यसमेत रहेका उनको निधनले क्लबदेखि गाउँ–समुदायसम्म ठूलो क्षति पुगेको क्लबका सदस्यहरूले बताएका छन् ।

स्व. तामाङको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको, मलेसियामा तिर्न बाँकी ऋण र आम्दानीको स्रोत नहुँदा उनका श्रीमती साथमा १० वर्षीय छोरा सिजन तामाङ र ६ वर्षीय सलमान तामाङको भविष्य गम्भीर संकटमा परेको परिवारजनले बताएका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै बागेश्वरी प्रगतिशील युवा क्लबले नेपाल तथा विदेशमा रहेका शुभेच्छुक नेपालीहरूलाई सहयोगका लागि सार्वजनिक अपिल गरेको छ । क्लबले स्व. इन्द्रमान तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई धैर्य र शक्ति मिलोस् भन्ने कामनासमेत गरेको छ ।

सहयोग गर्न चाहनेहरूले एनआईसी एसिया बैंकको नुवाकोटमा रहेको सिजन तामाङ (नाबालक) को नाममा भएको १९५५७५३४४२०३३००१ अकाउन्ट नम्बरमा रकम जम्मा गरी सहयोग गर्न सक्ने बताइएको छ । क्लबका अध्यक्ष प्रेम कुमार तामाङका अनुसार प्राप्त सहयोग बालकहरूको शिक्षा तथा भविष्य सुरक्षित गर्न उपयोग गरिनेछ।

सम्बन्धित खबर