२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जेन जेड आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

shivam cement
२०८२ मंसिर १६ गते १३:३६
Shares
जेन जेड आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

काठमाडौँ : जेन जेड आन्दोलनका नाममा सरकारी र व्यक्तिका सम्पत्ति तोडफोड आगजनी र लुटपाटका घटनामा संलग्न थप ८ जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेन जेड’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका ३ का भुपाल भण्डारी-रंगेली ७ का आनन्द साह रंगेली ४ का रमेश कुमार मण्डल ,रंगेली-३ रूपक गौतम, रुपेश यादव ,समीर क्षेत्री ,दोर्जे प्रतीक तामाङ, गणपत यादव रहेका छन् ।

मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर