
काठमाडौं : केशरमहलमा इभी कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्राफिक हवल्दार पशुराम ठाकुर र ६६ वर्षीय चालक सुरेशराज कालिका छन् । मृतक करिब ३० वर्षीय पुरुष हुन् भने उनको पहिचान खुलेको छैन ।
हवल्दार ठाकुरका दुवै खुट्टा र छातीमा गम्भीर चोट लागेको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले बताए । सबै घाइतेलाई ट्रमा सेन्टर लगिएकोमा ट्राफिक हवल्दारलाई प्रहरीले अस्पताल महाराजगञ्ज रेफर गरिएको छ ।
बा प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार दक्षिण गेटतर्फबाट आउँदै गर्दा अनियन्त्रित भई ट्राफिक र पैदलयात्रुलाई ठक्कर दिएर ड्रिम गार्डेनको पर्खालमा गएर ठोक्किएको थियो ।