२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

योमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्छ : उपप्रमुख ढंगोल

shivam cement
२०८२ मंसिर १८ गते १६:११
Shares
योमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्छ : उपप्रमुख ढंगोल

काठमडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् । २२औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरिन् । उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गरिन् । उनले यो दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रुपमा लिनुपर्ने उल्लेख गरिन् । काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ । 

‘आजको ज्यापु दिवसले ज्यापुहरुको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्त्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रुपमा लिनुपर्दछ । आजको दिनलाई हाम्रा विभिन्न जात्रा, पर्वलाई परम्परा मात्रै होइन, अस्तित्वको दिनका रुपमा लिनुपर्छ । नयाँ धान उब्जनी गरिसकेपछि नयाँ धान घरमा भित्र्याउँछौं । नयाँ धानबाट योमरी बनाएर अन्नपूर्णलाई अर्पण गर्दछौं,’ उनले भनिन् । 

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।

सम्बन्धित खबर