२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मोरङमा भाइको हत्या गरेर दाजु फरार

shivam cement
२०८२ मंसिर १८ गते २०:२४
Shares
मोरङमा भाइको हत्या गरेर दाजु फरार

प्रवेश बिष्ट, विराटनगर : मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाइले भाइको हत्या गरेका छन् । घरयासी सामान्य विवाद हुँदा दाजुले धारिलो हतियार प्रहार गरी भाइको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार मझारेका २८ वर्षीय श्रवणकुमार साहको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो । दाजुभाइबीच विवाद हुँदा धारिलो हतियारबाट घाइते भएका श्रवणको राति नै उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक श्रवणको पोस्टमार्टम गरेर शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

बुधबार राति पौने ९ बजे मृतक श्रवण र उनका दाजु नाताका सोही ठाउँका ३० वर्षीय राजकुमार साहबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रवणलाई हतियार प्रहार गरे लगत्तै राजकुमार भारततर्फ फरार भएका छन् । घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी मात्रै रहेकाले उनी सहजै भाग्न सफल भएको प्रहरीले जनाएको छ । 

फरार भएका राजकुमारको भारतीय प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको प्रहरीले बताएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर