२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

तनहुँमा धान उत्पादन बढ्यो

shivam cement
२०८२ मंसिर १९ गते १०:४०
Shares
तनहुँमा धान उत्पादन बढ्यो

तनहुँ : यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । 

आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो । 

जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए । छ हजार ३४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ । हालैको बेमौसमी वर्षाले  रु एक करोड बराबरको क्षति भएको उनले बताए। 

सम्बन्धित खबर