२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

shivam cement
२०८२ मंसिर १९ गते ११:०१
Shares
नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी : बेनी नगरपालिका-८ कालीपुल र पर्वतको जलजला गाउँपालिका-३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । 

गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो ।  

आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार  नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ। आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ ।

सम्बन्धित खबर