२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जनतासँग गरेको वाचा पूरा गर्न उपमेयर डंगोल दत्तचित्त

shivam cement
२०८२ मंसिर १९ गते १७:०९
Shares
जनतासँग गरेको वाचा पूरा गर्न उपमेयर डंगोल दत्तचित्त

काठमाडौं : काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरिएका वाचा पूरा गर्न लागि परेको बताएकी छन् । १४औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसलाई सम्बोधन गर्दै निर्वाचनको बेला र निर्वाचित पश्चात् गरेका वाचा पूरा गर्न हरहमेशा लागि परेको बताएकी हुन् । 

उपमेयर डंगोलले सामूहिक सल्लाहमा अघि बढ्नु उचित भएको बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिएकोमा प्रशंशा गरेकी छन् । महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएकी छन् । 

‘कति काम गरेर भन्नु अझ राम्रो हुन्छ होला । आफ्नै हातमा सबै कुरा भएको भए गरिएका वाचा पूरा गर्न सजिलो पनि हुन्थ्यो । कतिपय एकल अधिकारमा नपर्ने कानुनी उल्झनले कठिनाइ भएको छ । चाहे त्यो कार्यपालिकामा होस्, चाहे नगरसभामा । सबैको सहमतिमा अघि बढनुपर्ने हुन्छ । जनतासँग गरिएका वाचा पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ ।’ 

उनले वाचाअनुसार काम गरेको खै त भनेर जनताले प्रश्न गर्ने गरेको बाताइन् । उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै जाने प्रतिबद्धता गरेकी छन् । –न्युज एजेन्सी नेपाल 
 

सम्बन्धित खबर