२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

समवेदना दिन बालेन निवास पुगिन् प्रधानमन्त्री कार्की

shivam cement
२०८२ मंसिर २१ गते १५:१८
Shares
समवेदना दिन बालेन निवास पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न गैरीगाउँस्थित शाहनिवास पुगेकी छन् ।

प्रधानमन्त्री कार्की आइतबार दिउँसो शाहको घर पुगेकी थिइन् । उनी करिब २० मिनेट त्यहाँ बसेर शोक सन्तप्त परिवारजनसँग समवेदना व्यक्त गरेपछि फर्किएको बताइएको छ ।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू शोकप्रकट गर्न शाहको घर पुगेका थिए । आजै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल पनि शाहनिवास पुगेका थिए ।

मेयर शाहका बुबा रामनारायण शाहको मंसिर १५ गते निधन भएको थियो ।

सम्बन्धित खबर