२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

shivam cement
२०८२ मंसिर २१ गते १५:१८
Shares
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 
प्रधानमन्त्री सुशीला कार्की बायाँ र पूर्वराष्ट्रपति विद्या भण्डारी दायाँ

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज (आइतबार, मंसिर २१) दिउँसो ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । 

भण्डारी जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न जानेक्रममा प्रधानमन्त्रीसँग भेटवार्ता भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन लगायतका महत्त्वपूर्ण कार्यालयमा आगजनी भएको थियो । 

आन्दोलन पश्चात् केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सहितका अन्य साना दलहरूको सरकार विघटन भएको थियो । त्यसलगत्तै सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । 

भण्डारी विसं. २०७२ कार्तिक ११ गतेदेखि २०७९ फागुन २ गतेसम्म राष्ट्रपति बनेकी थिइन् । 

सम्बन्धित खबर