२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पूरा हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

shivam cement
२०८२ मंसिर २१ गते १७:२६
Shares
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पूरा हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबारका संरचनाहरूको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफू दुःखी भएको सरकारले यी संरचनाहरूलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् । 

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गरिन् । उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी छन् । 

त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरूको अलोकन गराएका थिए । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरिन् । 

पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेका थिइन् । त्यस्तै उनले रेक्ट्रोफिटिंग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गरेकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी थिए ।

सम्बन्धित खबर