
काठमाडौं : पुराना वैदेशिक रोजगार व्यवसायी कुलदेव (केडी) जोशीलाई मातृशोक परेको छ ।
सितापाइलास्थित एड्भेन्चर ह्युमन रिसोर्स प्रालिका सञ्चालक जोशीकी आमा कोपिला कुमारी जोशीको मंसिर १५ गते सोमबार साँझ ८६ वर्षको उमेरमा निधन भएको हो ।
काठमाडौंको बाफल सोल्टीमोडस्थित आफ्नै निवासमा जोशीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. जोशीका दुई छोरा रहेका छन् ।