२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

यस्तो छ पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणको आरोपपत्र (पूर्णपाठसहित)

shivam cement
२०८२ मंसिर २१ गते १८:१३
Shares
यस्तो छ पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणको आरोपपत्र (पूर्णपाठसहित)

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमिततासम्बन्धी प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

निर्माण प्रक्रिया नै भ्रष्टाचारयुक्त भएको ठहर गर्दै आयोगले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जनालाई तथा निर्माण सम्झौता गरेको चीनको चाइना सीएएमसी कम्पनीलाई समेत विशेष अदालतमा प्रतिवादीका रूपमा पेस गरेको हो । 

प्रतिवादीमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, तत्कालीन अर्थमन्त्री रामशरण महतसहित नागर विमानन प्राधिकरणका पूर्वमहानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायत समावेश छन् । उनीहरूविरुद्ध जनही ८ अर्ब २६ करोड ७३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जनाएका छन् ।

स्वीकृत १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरको लागत अनुमानलाई अस्वाभाविक रूपमा ७ करोड ४३ लाख ४३ हजार ४५० डलरले वृद्धि गरी २४ करोड ४० लाख ४० हजार ४५० डलर कायम गरेर महँगो मूल्यमा सम्झौता गरेको आरोप अख्तियारले लगाएको छ ।

मुद्दा दायर भएकामध्ये पूर्वमन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।

यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले पनि विमानस्थल निर्माणमा अनियमितता देखिएको भन्दै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

पूर्णपाठ :

सम्बन्धित खबर