२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

shivam cement
२०८२ मंसिर २१ गते २०:२०
Shares
क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश विशेष अदालतले दिएको छ । 

आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीलाई थुनामा पठाउने निर्णय भए पनि क्यानका निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ । 

नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मंसिर १७ गते अधिकारी, भण्डारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारी र भण्डारी अनुसन्धानका क्रममा अख्तियारको हिरासतमा रहेका थिए ।

सम्बन्धित खबर